ताप्लेजुङ । श्रम–संस्कृति अभियानअन्तर्गत ताप्लेजुङ जिल्लामा पालिका स्तरीय संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। जिल्ला समितिको निर्णयअनुसार विभिन्न पालिकामा मिति तोकेर संगठन विस्तार कार्यक्रम आयोजना गरिने भएको हो।
कार्यक्रम तालिकाअनुसार फुङ्लिङ नगरपालिकामा २०८२ साल पुस ६ गते, पाथिभरा याङवरक गाउँपालिकामा पुस १० गते र आठराई त्रिवेणी गाउँपालिकामा पुस १२ गते कार्यक्रम सम्पन्न गरिनेछ। यस्तै, मैवाखोला गाउँपालिकामा पुस १५ गते, फक्ताङलुङ गाउँपालिकामा पुस १७ गते र मिक्वाखोला गाउँपालिकामा पुस १९ गते संगठन विस्तार कार्यक्रम हुने भएको छ।
यसैगरी मेरिङदेन गाउँपालिकामा पुस २४ गते, सिदिङ्वा गाउँपालिकामा पुस २६ गते र सिरिजङ्गा गाउँपालिकामा पुस २७ गते कार्यक्रम आयोजना गरिने जिल्ला समितिले जनाएको छ।
कार्यक्रमको समय, स्थान तथा अन्य आवश्यक विवरण सम्बन्धित पालिकाबाट थप जानकारी गराइने बताइएको छ। श्रम–संस्कृति पार्टी ताप्लेजुङ जिल्ला समितिले पालिका संगठन विस्तार कार्यक्रम केही ढिला भएकाले यसलाई छिटो सम्पन्न गर्न सबै पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।







