६ जेठ, ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङका सस्थापक तथा पूर्व मन्त्री सुर्यमान गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
आइतबार नेपाली काङ्ग्रेस ताप्लेजुङले १३ दिनको पुण्य तिथिको अवसर पारेर गुरुङको घरैमा गएर श्रद्धाञ्जली सभा आयोजना गरेको प्रवत्ता गणेश सिग्देलले जानकारी दिनुभएको छ।
पूर्वमन्त्री गुरुङको गत बैशाख २५ गते काठमाडौमा उपचारको क्रममा निधन भएको थियो।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम श्रद्धाञ्जली सभा आयोजना गरेको प्रवत्ता सिग्देलले बताउनु भयो ।
कार्यक्रममा पार्टीका नेताहरुले गुरुङको जन्मदेखि मृत्युुसम्मका विविध पक्षमा प्रकाश पारेका थिए ।
सभामा विभिन्न राजनीति दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, शोकाकुल परिवारहरु, नेका पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरु,भातृ तथा शुभेच्छुक संस्थाहरको उपस्थिति रहेको बताइएको छ।











