ताप्लेजुङ – मेरिङ्देन गाउँपालिका २ सान्थाक्राको सूर्यदेवी माविमा स्थानीय समाजसेवीहरुले डेढ लाख भन्दा बढिको अक्षयकोष स्थापना गरेका छन् । मङ्गलबार एक कार्यक्रममाको आयोजना गरि उक्त अक्षयकोष स्थापना गरि विद्यालयलाई प्रदान गरिएको बिधालय ब्यावस्थापन समितिका सदस्य पेम्बा शेर्पाले जानकारी दिनुभएको हो ।

विद्यालयका प्रधानाध्यापक मेरिङ्देन ३ खाम्लुङ निवासी पुण्य प्रसाद भण्डारी तथा श्रीमती मुना बरालले आफ्ना स्वर्गीय हजुरबुवा नैनन्द भण्डारी, हजुर आमा स्वर्गीय हर्कमाया भण्डारी तथा बुवा स्वर्गीय जिवलाल भण्डारी र आमा जानुका भण्डारीको स्मृतिमा रु ५१ हजार १ सय ५१ रुपैयाँ अक्षयकोष प्रदान गरेको विद्यालयले जनाएको छ ।

त्यस्तै मेरिङ्देन २ निवासी दोर्जी शेर्पाले आफ्ना स्वर्गीय दाइ लाक्पातेम्बा शेर्पा र छोरा लाकुमार शेर्पाको सम्झनामा रु ५० हजारको अक्षयकोष स्थापना गरि प्रदान गरेका छन् भने सोही वडा निवासी समाजसेवी तथा राजनीतिज्ञ तिल प्रसाद सुब्बाले आफ्ना स्वर्गीय छोरा इन्जिनियर विनोद सुब्बाको नाममा रु ५५ हजार ५ सय ५५ रुपैयाँ कोषलाई प्रदान गरेका छन् ।

भण्डारी , शेर्पा र सुब्बा परिवारबाट विद्यालयलाई कुल १ लाख ५६ हजार ७ सय ६ रुपैयाँको अक्षयकोष प्राप्त भएको विद्यालयले जनाएको छ । प्राप्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत गर्ने विपन्न विद्यार्थीलाई वार्षिक छात्रवृति प्रदान गरिने पनि विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!