ताप्लेजुङ, १६ मङ्सिर :
प्रभु बैंक ताप्लेजुङले पाथीभरा क्षेत्रको सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले झण्डै दुई लाख बराबरको डस्बिन पाथीभरा क्षेत्र बिकास समितिलाई हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पाथीभरा क्षेत्रको सरसफाइमा सहयोग पुर्याउन १ लाख ९८ हजार ४ सय रुपैयाँ बराबरको डस्बिन पाथीभरा पदमार्गमा राख्ने गरि पाथीभरा क्षेत्र बिकास समितिलाई हस्तान्तरण गरेको हो ।

पाथीभरा क्षेत्रमै पुगेर प्रभु बैंकका शाखा प्रबन्धक दिपकराज गिरीले पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक प्रजिन हाङ्वाङलाई हस्तान्तरण गरेको बैंकका कर्मचारी आक्रोश बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार एउटा डस्बिनको मुल्य ६ हजार २ सय रुपैयाँ परेको छ । उक्त डस्बिनहरु काफ्लेपाटीदेखी मन्दिर सम्मको बाटोमा आवश्यकता अनुसार राखेर फोहोर फाल्नका लागि प्रयोग हुने बताइएको छ ।

पाथीभरा पदमार्गमा प्लास्टिकजन्य बस्तु यत्रतत्र हुन तथा फोहोर हुन नदिनका लागि यसले सहयोग पुग्ने बैंकको बिश्वास छ । यस अघि समेत विभिन्न संघसस्था तथा ब्याक्तिले पाथीभरा क्षेत्रमा फोहोर ब्यबस्थापनका लागि सयौं डस्बिनहरु राखेकाछ्न । तर यसको पिर्णतया प्रयोग नहुने गरेको स्थानीयले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!