ताप्लेजुङ, फागुन ९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको घुन्साबाट सुरु भएको निशुल्क आँखा शिविरको पहिलो दिन ८१ जनाको आँखा परीक्षण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाको संयुक्त पहलमा जिल्लाको दुर्गम भेग घुन्सामा सोमबारबाट सुरु भएको शिविरमा ८१ जना स्थानीयको आँखा जाँच गरिएको पालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । फलेका १० जना, घुन्साका ३४, ग्याब्लाका २७ र आम्जीलेसाका १० जनाको आँखा परीक्षण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । परीक्षण गरिएकामध्ये २ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको अध्यक्ष लिम्बूको भनाई छ । घुन्सा सहित विभिन्न ६ स्थानबाट शल्यक्रियाका लागि छनोट भएका मोतियाविन्दुका विरामीहरुको फागुन २० र २१ गते सरस्वती माद्यमिक विद्यालय तापेथोकमा निःशुल्क अप्रेशनको व्यवस्था गरिएको पालिकाले जनाएको छ । शल्यक्रिया तथा उपचारका लागि तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईत सहितको टोली खटिने छन् ।

यस्तै फागुन ११ गते स्वास्थ्य चौकी, ओलाङचुङगोला, फागुन १३ गते हान्दु्रङ टार, फागुन १४ र १५ गते छिरुवा ग्राउण्डमा शिविर सञ्चालनको तयारी भईरहेको छ । फागुन १६ र १७ गते सिँवा स्वास्थ्य चौकीमा, फागुन १९ र २० गते स्वास्थ्य चौकी तापेथोकका स्थानीयको आँखा परीक्षण गरिने तालिका रहेको छ ।

पालिकाको विभिन्न क्षेत्रमा शिविर सञ्चालन भईरहेकाले पायक पर्ने केन्द्रमा अन्य स्थानीय तहका आँखाका बिरामीहरुले समेत जाँच गराउन सकिने भएकाले सो सेवाको फाइदा लिन पालिकाले आह्वान गरेको छ । बिरामीका लागि पालिकाले खानाको पनि व्यवस्था गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!