ताप्लेजुङ । गृह जिल्ला ताप्लेजुङबाट उम्मेद्वार बनेका योगेश भट्टराई दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
२ सय ८ मतको मतान्तर सहित दोश्रो पटक निर्वाचित हुनुभएको हो । भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नु भएको थियो । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खेल प्रसाद बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
विजयी भएलगत्तै पत्रकारसँग कुराकानी गर्दै उहाले मतदातालाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा देश र जनताका कामका लागि प्रतिबद्ध रहेको बताउनु भयो । संविधानको पालना तथा विकासको गति बढाउन आफू जिल्लाबासीसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
अन्तिम समयसम्म अग्रता लिएका निकटतम प्रतिस्पर्धी खेल प्रसाद बुढाक्षेत्रीका लागि सदरमुकाम क्षेत्रका बासिन्दाको कमजोर मत नै उहाका लागि बाधक बनेको थियोे ।
सुरुवाती चरणदेखि अन्तिम समयसम्मको अग्रताले सत्ता गठबन्धन जित नजिक पुगेको आभास हुन्थ्यो ।
८८ हजार २ सय ८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३ सय ५५ मतदान भएको थियो ।







