ताप्लेजुङ, मंसिर ६
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई पछि परेका छन्। प्रारम्भिक मतगणनामा योगेश अघि देखिएका थिए। तर दोस्रो मत परिणाम आउँदा उनी पछि परेका छन्। उनलाई अहिले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पारेका छन्।
ताजा मतपरिणाम अनुसार झन्डै १५ सय मत गणना हुँदा माओवादीका खेलप्रसादले ७५५ मत पाएका छन्। एमालेका योगेशले ५६२ मत प्राप्त गरेका छन्।







