ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड नं. २ स्थित याङलिजुङ मतदान केन्द्र नजिक बम विस्पोट भएको छ । दिउँसो करिव १२ः ०५ बजे बम विस्पोट भएको हो ।
बाँसघारी भित्र विस्पोट भएको उत्त बमले कुनै पनि मानविय क्षति नभएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल जानकारी दिनुभएको छ । मतदान निरन्तर भइ रहेको र मतदाताहरुलाई निर्वाधरुपमा त्रासरहित वातावरण मतदान गर्नसमेत प्र . जि. अ. पोखरेलले आग्रह गर्नुभएको छ ।
ताप्लेजुङमा आज विहान ७ बजेदेखि मतदान भइरहेको छ । हालसम्म कति मत खस्यो भन्ने एकिन विवरण भने अझै आइनसकेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभएको छ। चिसोको कारण कहि मतदान ढिला सुरु भएको र कतै मतदान अधिकृतसँग फोनमा संर्पक गर्न कठिन भएको खनालको भनाइ रहेको छ ।







