९ असोज, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका भित्र रहेको फावाखोलामा बनेको नवनिर्मित मोटरेवल पुलको समुद्घाटन हुँदै छ।
प्रदेश नम्बर १ का उधोग,श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङगामले असोज १० गते सोमबार बिहान ११ बजे उद्घाटन गर्ने स्वकीय सचीव बिस्वराज नाल्बोले जानकारी दिनुभएको छ।
पुर्वधार बिकास केन्द्र पाँचथरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सम्पन्न गरिएको मोटरेवल पुलले फुङलिङ र श्रीजङ्घाबिचको ब्यापारीक एवम् यातायात आवतजावतमा सहजता प्रदान गर्ने बिश्वास लिइएको छ।







