पाँचथर, कात्तिक १३ गते। हिजोदेखि परेको निरन्तर वर्षाका कारण तमोर करिडोरअन्तर्गत नावाखोला नदीमा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नदीमा पानीको सतह बढेसँगै सडकमा सवारीसाधन आवागमन ठप्प भएको हो। सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार नदीमा पानीको बहाव घटेपछि सडक स्वतः सञ्चालनमा आउनेछ। पानीको बहाव नघटेसम्म उक्त सडकखण्डमा यात्रा नगर्न तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।







