ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठ र प्रहरी जवान चेतनाथ पराजुलीलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

कर्तव्यनिष्ठा, व्यावसायिकता, इमानदारिता तथा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको मूल्याङ्कन गर्दै उनीहरूलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईंले दुवै प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!