आठराई त्रिवेणी र मैवाखोलामा अब छुट्टै लाइनबाट विद्युत आपूर्ति हुने

ताप्लेजुङ। नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी फिडर’ सञ्चालनमा ल्याएको छ। शुक्रबार परीक्षणका रूपमा ‘नो–लोड’मा सञ्चालन गरिएको फिडर शनिबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

वितरण केन्द्रका कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार नयाँ फिडरमार्फत अब आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा विद्युत आपूर्ति गरिनेछ।

यसअघि एउटै फिडरबाट आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा विद्युत सेवा प्रवाह हुँदै आएको थियो। फिडर अत्यधिक लामो भएकाले सामान्य प्राविधिक समस्या आउँदा पनि पटक–पटक विद्युत अवरुद्ध हुने, मर्मतसम्भारमा लामो समय लाग्ने तथा सेवाको विश्वसनीयता प्रभावित हुने समस्या देखिँदै आएको थियो।

ती समस्या समाधान गर्दै विद्युत वितरण प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र भरपर्दो बनाउन नयाँ ‘त्रिवेणी फिडर’ सञ्चालनमा ल्याइएको वितरण केन्द्रले जनाएको छ।

नयाँ फिडर सञ्चालनमा आएपछि आठराई त्रिवेणी र मैवाखोलाका उपभोक्ताले थप स्थिर र गुणस्तरीय विद्युत सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, मेरिङ्देन र मिक्वाखोलामा सञ्चालित पुरानो फिडरको लोडसमेत घट्ने भएकाले ती क्षेत्रमा पनि विद्युत आपूर्ति थप सहज र विश्वसनीय बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!