
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ज्याङ्मु एन शेर्पासँग बिहे गर्ने भएका छन् ।
५० वर्षीय राईले आगामी माघ ११ गते २३ वर्षीय शेर्पासँग विवाह गर्न लागेका हुन् ।
शेर्पा सन् २०१८ की ‘मिस मङ्गोल नेपाल’ भएकी थिइन् । ५० वर्षीय मुख्यमन्त्री राईले आफूभन्दा आधा उमेर कान्छी महिलासँग विवाह गर्न लागेका हुन् ।
मुख्यमन्त्री राईले आफ्नो विवाह ११ माघमा हुने बताए । विवाह सीमित व्यक्तिको उपस्थितिमा हुनेछ । प्रीतिभोज भने विराटनगरमा आयोजना गरिने राईले बताए । उमेरमा निकै ठूलो अन्तर रहेकी ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुनेछ ।
मुख्यमन्त्री राईको पुख्र्यौली घर भोजपुर हो भने जाङ्मु सङ्खुवासभाकी हुन् । उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।