ताप्लेजुङ!असार । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल जेठ महिनाका लागि दुई जना प्रहरी कर्मचारीलाई “पुलिस अफ द मन्थ” घोषणा गरेको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठ र प्रहरी जवान चेतनाथ पराजुली उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा सम्मानित भएका छन्। दुवै जना जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत छन्।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै आम नागरिकमाझ प्रहरी संगठनको सकारात्मक छवि निर्माण गर्न योगदान पुर्याएको, आफ्नो जिम्मेवारीप्रति पूर्ण बफादार रही अनुशासित तथा इमान्दारितापूर्वक कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उनीहरूलाई ‘पुलिस अफ द मन्थ’ छनोट गरिएको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले हरेक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ।







