ताप्लेजुङ ।ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणलाई लिएर लामो समयदेखि जारी विवाद समाधान गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

कार्यदललाई पाथीभरा मन्दिर जाने केबुलकार परियोजनासँग सम्बन्धित विवाद, समस्या र सरोकारवाला पक्षका गुनासोहरूको पहिचान गरी समाधानसहित १५ दिनभित्र सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर, केबुलकार निर्माण कम्पनीका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिसहित निर्माण पक्ष र विरोधी पक्ष दुवैका प्रतिनिधि समावेश छन्।

सरकारले सबै सरोकारवालालाई समेटेर विवाद समाधानतर्फ अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!