ज्योतिषशास्त्रमा राशिको निकै महत्व हुने गर्दछ। राशि अनुसार हाम्रो भविष्यवाणी थाहा पाउन सकिन्छ।जसरी राशि अनुसार हरेक काम गर्दा सफलता प्राप्त गर्न सकिन्छ, त्यसरी नै राशि अनुसार रंग लगाउँदा निकै लाभ प्राप्त हुने गर्दछ।

आज हामी तपाईलाई कुन राशिका लागि कुन रंग शुभ हुन्छ भन्ने बारेमा जानकारी दिदैछौँ। राशि अनुसार रंग लगाउँदा तपाईको भाग्य चम्किने गर्दछ।मेषः मेष राशिका लागि सिन्दर रंग लक्की हुने गर्दछ।वृषः वृष राशिका लागि पारदर्शी श्वेत रंग लक्की हुने गर्दछ।

मिथुन राशिः मिथुन राशिका लागि हरियो रंग लक्की हुने गर्दछ।कर्कट राशिः कर्कट राशिका लागि दूध अर्थात सेतो रंग लक्की हुने गर्दछ।यो पनि पढ्नुहोस
यी ४ बार जन्मिएका स्त्री हुन्छन् सबैभन्दा चतुर र शान्तिप्रिय, तपाई…,निकै लज्जालु तथा सितीमिती कसैसँग नबोल्ने स्वभावका हुन्छन् यी राशिका…

सिंह राशिः सिंह राशिका लागि रातो रंग लक्की हुने गर्दछ।कन्या राशिः कन्या राशिका लागि हल्लका हरियो रंग लक्की हुने गर्दछ।तुला राशिः तुला राशिका लागि हरियो रंग लक्की हुने गर्दछ।वृश्चिक राशिः वृश्चिक राशिका लागि रातो रंग शुभ मानिने गरिन्छ।

मकर राशिः मकर राशिका लागि कालो र निलो रंग लक्की मानिने गरिन्छ।कुम्भ राशिः कुम्भ राशिका लागि बैजनी रंग लक्की हुने गर्दछ।मिन राशिः मिन राशिका लागि पहेलो र सेतो रंग लक्की हुने गर्दछ।

यो पनि पढ्नुहोस् :को हुन ति स्वर्गकी पाँच अप्सरा, जोसँग रावण मोहित भए ? :शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् ।

रम्भा:इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।

उर्वशी:महाभारतमा उर्वशीको सुन्दरताको बर्णन पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।

मेनका :ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामका पुत्री जन्म दिएका थिए ।

तिलोत्तमा: स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रुपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरू संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।

पुंजिकस्थला:ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिइन् । उनको ब्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!