१ श्रवण, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ र १० जोड्ने हाङदेवा खोलामा मोटरेबल पुल निर्माण सुरु गरिएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयमार्फत पूर्वाधार विकास कार्यालय ताप्लेजुङले आयोजना कार्यान्वयन गरिरहेको हो।

कार्यालयका अनुसार पुल निर्माणका लागि ५ करोड ११ लाख ७४ हजार ४२ रुपैयाँ ४६ पैसा लागत अनुमान गरिएको छ भने ३ करोड ६१ लाख ४३ हजार १ सय ८ रुपैयाँ ९६ पैसामा निर्माण सम्झौता गरिएको छ। निर्माणको जिम्मा एम/एस रामचन्द्र–प्रमान–अरुण जेभी, खाँदबारी–७ ले पाएको छ।

आयोजनाको सम्झौता २०८२ चैत ८ गते (२२ मार्च २०२६) भएको हो। निर्माण कार्य २०८४ चैत ८ गते (२१ मार्च २०२८) सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माणका लागि आवश्यक बजेट कोशी प्रदेश सरकारले उपलब्ध गराउनेछ।

प्राविधिक विवरणअनुसार पुल २५ मिटरको सिङ्गल स्पान हुनेछ। पुलको कुल लम्बाइ २५.६५ मिटर र चौडाइ १० मिटर रहनेछ।

पुल निर्माण सम्पन्न भएपछि फुङ्लिङ नगरपालिका–९ र १० बीचको आवतजावत सहज हुने, यातायात सेवा थप प्रभावकारी बन्ने तथा स्थानीय बासिन्दाले वर्षायाममा हाङदेवा खोला पार गर्दा भोग्दै आएको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!