ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति ताप्लेजुङले पार्टीको जिल्ला प्रवक्ताको जिम्मेवारी लीलाप्रसाद पौडेललाई प्रदान गरेको छ।
जिल्ला समितिको निर्णयअनुसार पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो। अबदेखि पार्टीका आधिकारिक धारणा, गतिविधि तथा सार्वजनिक जानकारीहरू जिल्ला प्रवक्तामार्फत सम्प्रेषण गरिने जनाइएको छ।

जिल्ला समितिले नव–नियुक्त प्रवक्ता पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा जनसमक्ष पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!