
५ पुस, ताप्लेजुङ।फुङ्लिङ नगपालिका ३ का सिम्ले, सिटेनी र ढाडगाउबासिहरु काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाका काङ्ग्रेस नेतृत्वको टिम फुङ्लिङको पालुङ्वा चौक पुगेपछि त्यहाका स्थानीय बासिहरु नेकपा पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका सोमनाथ गिरिले भने नेकपाले हामी गरिवहरुकाे दुख बुझेनन त्यसैले म काङ्ग्रेसमा प्रवेश गरे । ´काङ्ग्रेस भनेकाे गरिब दिन दुखीकाे पार्टी रहेछ त्यसैले म पनि काङ्ग्रेसमा आएको हो´ तेजप्रसाद भट्टराई बताउनुहुन्छ। त्यस्तै गरेर २०३६ सालबाट निरन्तर कम्युनिस्ट पार्टिमा कृयाशिल कार्यकर्ता गोबिन्द पौडेल,तेजप्रसाद भट्टराई , पुर्ण बराल,पुष्प घिमिरे,सोमनाथ गिरि,हरिप्रसाद पौडेल समेत नेकपा परित्याग गरि ५१ जनाको टिम नै काङ्ग्रेसमा प्रवेश गरेको हो। यति लामो पार्टीमा त्याग निष्ठापुर्ण राजनिति गर्दा कम्युनिस्ट पार्टिले बर्तमान अवस्थामा देखाएको उदासिनता र व्यबहारले गर्दा पार्टि परित्याग गर्नु पर्ने अवस्था आएको उहाँहरु बताउनुहुन्छ।
कार्यक्रममा नवप्रबेशी हरिप्रसाद पौडेलले याे ढाडगाउ हिजाेका दिन भन्दा अाज शुन्दर गाउँमा परिचीत भएको बताउनु भयाे । शनिबार भएको कार्यक्रममा पार्टी पुर्ब अध्यक्ष केशब प्रसाद दाहाल, सचिब मङगल मेनेङ्बो, पुर्ब पार्टी सचिव गजेन्द्र तुम्याहाङ, श्रीजङ्घा गाउँपालिका का अध्यक्ष टीका गुरुङ, डिल्लीरमण बराल, अमिर मादेन, पदम सुन्दर पालुङ्वा, शिवकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो।