ताप्लेजुङ, पौष ४ गते । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले पाथीभरा बहुमुखी क्याम्पसलाई नगद ९३ हजार रुपँैया हस्तान्तरण गरेको छ ।

समितिका निवर्तमान महासचिव कृष्ण कुमार गुरुङले क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङलाई आज नगद हस्तान्तरण गर्नुभएको हो । क्याम्पसमा सञ्चालन भईरहेको मास्टर डिग्रीलाई थप गुणस्तरीय ढंगबाट सञ्चालन गर्न टेवा पु¥याउनको निम्ति नगद प्रदान गरिएको समितिका निवर्तमान महासचिव गुरुङले बताउनुभयो । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका १० जना पदाधिकारीहरुमार्फत संङ्कलन गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।

समितिका निवर्तमान सल्लाहाकार सुरेश लिम्बू, निवर्तमान अध्यक्षद्वय रमेश न्यौपाने र खगेन पालुङवा, वरिष्ठ उपाध्यक्ष गणेश मेन्याङवो, निवर्तमान महासचिव कृष्ण कुमार गुरुङले १० हजारका दरले संकलन गर्नुभएको हो । त्यस्तै सदस्यहरु गेहनाथ पौडेलले ११ हजार, अमृत कन्दङवाले १० हजार, हेमन्त गुरुङ, दिपेन्द्र मादेन र प्रेम भट्टराईले ५ हजारका दरले संकलन गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय