मंसीर २७ काठमाण्डौं । नेकपा भित्रको लामो समयदेखिको विवाद र रस्साकस्सीका बीच भोली आईतबार स्थायी समितिको बैठक बस्दै छ । यो बैठकले गर्ने संभावित निर्णयको प्रतिक्षा सो पार्टीका कार्यकर्ताहरुले गरीरहेको देखिन्छ । यस बैठकमा स्पष्ट बहुमतमा रहेका कारण अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पेल्ने तयारी गरेका छन् ।
अहिले सम्म ओली कमरेडको मनपरी धेरै भयो, धेरै पेल्नु भयो, संस्थागत निर्णय लागू गर्नु भएन, एकलौटी गर्दै जानु भयो, अब त्यो चल्ने वाला छैन, जे हुन्छ बैठकबाट हुन्छ प्रचण्ड निकट एक नेताले भने ।
केही दिन अघि प्रचण्ड माधव पक्षका जिल्ला अगुवा नेताहरुको भेलामा पनि प्रचण्ड माधव नेपालले ओलीले माग गरे जस्तो कार्तिक २८ मा पेश भएको प्रतिवेदन आरोप पत्र नभएको भन्दै त्यो फिर्ता नहुने सन्देश कार्यकर्ताहरुलाई दिएका छन् ।
ओली पक्षले भने प्रचण्डको प्रतिवेदन र मंसीर १३ गते ओलीले पेश गरेको जवाफी प्रतिवेदन फिर्ता हुनु पर्ने माग जारी राखेका छन् ।
केही दिन अघि प्रचण्डसगँको संवादमा पनि ओलीले यो प्रस्ताव सहित माधव नेपालसगँ सहकार्य नगर्न अनुरोध गरेको बुझिएको छ ।
यस्तो स्थितिमा अब ओलीका विकल्पहरुबारे समेत पार्टी वृतमा चर्चा शुरु भएको छ ।
एकाथरीले ओली बैठकमा शायद आउदैनन्, बैठकले गरेको निर्णय पनि मान्दैनन् कि भन्ने बुझाई बनाएका छन् । यस अघिको स्थायी समितिको बैठकमा ओलीले पत्र लेखेका थिए ।
ओलीको संभावित विकल्पबारे नेकपाका एक नेताले छाड्नै पर्ने बाध्यता आईलागे पार्टी अध्यक्ष छाड्ने, महाधिवेशन पछि पार्टी नेतृत्व र चुनाव पछि प्रधानमन्त्री नहुने भनिसकेकाले बाँकी कार्यकाल सहज रुपमा पूरा हुन दिनु पर्ने माग गर्ने जस्ता हुन सक्ने अनुमान गरेका छन् ।
यसकाबीच बैठकले गरेको निर्णय ओलीले कार्यन्वयन नगरे के गर्ने भन्ने तहमा प्रचण्ड माधव समेत पुगिनसकेको ती नेताको दाबी छ ।

प्रचण्ड निकट ती नेताले अब ओलीको एकलौटी र स्वेच्छाचारी प्रवृति बिरुद्ध डटेर जाने तर पार्टी विभाजनको पक्षमा आफूहरु नरहेको दाबी गरेका छन् । उनका अनुसार ओली बैठकमा आएनन् भने पनि बैठकले ओली सम्बन्धि निर्णय लिन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय