ताप्लेजुङमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । फुङलिङ बजारस्थित जेनियल होटल छेउमा कार्यालय स्थपना गरेर काम थालिएको हो । चैत्र १ गते देखि नै कार्यालयबाट काम थालिएको जिल्ला जनगणना अधिकारी देउप्रकास तामाङले बताए ।

तामाङका अनुसार बैसाख १ गतेदेखि फुङलिङ बजार, तेल्लोक र मेरिङ्देनमा स्थानीय जनगणना कार्यालय सञ्चानल गरिनेछ । फुङलिङको कार्यालयले फुङलङसहित फक्ताङलुङ, पाथीभरा याङ्वरक र आठराई त्रिवेणी, मेरिङ्देनले मिक्वाखोला र मैवाखोला तथा तेल्लोकले सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा जनगणना कार्य सञ्चालन गर्नेछन् ।

ताप्लेजुङमा चैत्र ४ गते जिल्ला जनगणना समन्वय समितिको बैठकसमेत बसिसकेको छ । बैठकले पालिकाहरुसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । तामाङका अनुसार ताप्लेजुङमा जनगणना कार्यका लागि गणक २ सय ३३ र सुपरीवेक्षक ५९ जना नियुक्ति हुनेछन् ।

फुङलिङ नगरपालिकामा रहने स्थानीय जनगणना कार्यालयमा १ सय २८ गणक र ३० सुपरीवेक्षक, मेरिङ्देनमा रहने कार्यालयमा ५८ गणक र १७ सुपरीवेक्षक, सिरिजंघामा रहने कार्यालयमा गणक ४७ र सुपरीवेक्षक १२ जनाले काम गर्ने उनले बताए ।

चैत्र अन्तिम हस्तासम्म सुपरीवेक्षक नियुक्ति गरेर बैसाख पहिलो हप्तामा सुपरीवेक्षकको तालिम सञ्चालन गर्ने कार्यालयको तयारी छ । सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणनाको कार्य गर्ने तामाङले बताए ।

अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको छ । नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा वि.स. १९६८ सालदेखि १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा मोडिफाइड डि ज्युरे विधिबाट जनगणना सञ्चालन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय