
काठमाण्डौं । एमाले भित्र बढ्दो विवादका बीच अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेता माधव कुमार नेपालले उल्टै प्रश्न सहितको जवाफ पठाएका छन् । आफ्नो घरमा जानकारी विनै पत्र प्राप्त भएको स्मरण गराउदै नेता नेपालले १३ बुदामा उल्टै ओलीसँग स्पष्ट पार्न माग गरेका छन् । उनले आफ्नो स्पष्टीकरण पत्रमा फागुण २८ गतेको निर्णयबाट किन फिर्ता नभएको र यसले पार्टी विभाजनको दुरासय ओलीले राखेको दाबी गरेका छन् ।
विधान अनुसार अध्यक्ष ओलीकै गतिविधि कार्बाही गर्ने खालको भएको भन्दै नेपालले ओलीलाई कार्बाही गर्नु पर्ने आशय सहितको पत्र पठाएका छन् ।
हेर्नुस् नेपालले पठाएको जवाफको पूर्ण पाठ