
११ चैत्र, काठमाडौँ । बाँकेमा आफ्नै बुहारीलाई आगो लगाएर फरार एक अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।
२३ वर्षीया बुहारीलाई मट्टीतेल छर्किएर आगो लगाई फरार रहेका नरैनापुर गाउँपालिका–२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
दाइजोको निहुँमा ०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका–१ सुईयामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
यस्तै फरार रहेका पीडितका श्रीमान र सासुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।