काठमाडौं । मापसे गरेर संचार सेट हराएको आरोपमा महानगरीय प्रहरी कार्यालयले एकजना प्रनानी (सई)लाई निलम्बन गरेको छ ।

ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई धर्मराज घिमिरेलाई निलम्बन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताए ।

फागुन २४ मा ठमेलस्थित नगरकोट दोहोरीबाट मध्यरातमा निस्किएका सई घिमिरेले सो क्रममा प्रहरी संचार सेट हराएका थिए । दोहोरीबाट पछ्याएका दुईजना युवाले कुटपिट गरेर संचार सेट सहितको झोला लिएर भागेको उनको दाबी छ ।

घटना छानविन भइरहेको एसपी सुशील सिंह राठौरले बताएका छन् । कुटपिटमा संलग्न भनिएका दुई युवालाई महानगरीय प्रहरी वृत्त सोर्‍हखुट्टेले पक्रेर महानगरीय प्रहरी वृत्त जनसेवालाई जिम्मा लगाएको छ ।

धादिङ घर भएका नविन बाँस्तोला र सप्तरी घर भई ढल्कु बस्ने विशाल थापालाई प्रहरीले पक्राउ गरेको हो । सई घिमिरेले ति युवाले आफुलाई काष्ठमण्डप पछाडी आक्रमण गरेको दाबी गरेका छन् ।

संचार सेट टंकेश्वरको पुल मुनी विष्णुमती नदीमा शनिवार दिउँसो भेटिएको छ । Ratopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय