ताप्लेजुङको ओलाङचुङगोला तथा नेपाल–चीन (तिब्बत) सीमा क्षेत्रनजिक केन्द्रबिन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागका साथै भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको थियो।
केन्द्रले भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरेको जनाएको छ। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने हालसम्म प्राप्त भएको छैन।
थप विवरण आउन बाँकी।







