नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ। लगातार उच्च मूल्यमा कारोबार भइरहेको सुनको भाउमा ठूलो गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ निर्धारण गरिएको छ।







