ताप्लेजुङ, मङ्सिर ३ । दशैँ, तिहारलगायतका चाडपर्वका कारण शुक्रबार पनि खुला रहँदै आएको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आगामी शुक्रबारदेखि पुनः बन्द हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले दशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व सकिएकाले मङ्सिर ४ गते शुक्रबारदेखि पूर्ववत् रूपमा पसल तथा व्यवसाय बन्द गर्न व्यवसायीलाई आग्रह गरेको हो ।

उपभोक्ताको चापलाई मध्यनजर गर्दै गत असोज १६ गतेदेखि सातासम्म शुक्रबारसमेत बजार खुला राखिएको थियो ।

ताप्लेजुङमा साताको प्रत्येक शुक्रबार बजार बन्द गर्ने प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!