घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४, खैलारका ४३ वर्षीय वीरबहादुर थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ लगिएको थियो। गत कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि अस्पताल पुर्‍याइएका उनलाई उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार रहेका थिए। मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!