ताप्लेजुङ ।लामो समयदेखि ताप्लेजुङ बजारमा बेवारिसे अवस्थामा जीवन बिताइरहेका अन्दाजी ६५ वर्षीय वृद्धको आज उद्धार गरिएको छ।
आफ्नो नाम बुद्धिवीर लिम्बु बताउने ती वृद्धलाई ताप्लेजुङ विश्वकर्मा युवा संस्थाका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र्याट नगर सभापति प्रकाश विश्वकर्माले उद्धार गरी मानव सेवा आश्रम झापा पठाएका हुन्।
वृद्धको उद्धार तथा आश्रमसम्म पुर्याउने कार्यमा विभिन्न दाताहरूले समेत सहयोग गरेका छन्। स्थानीयस्तरबाट प्राप्त सहयोग र समन्वयमा उनलाई सुरक्षित रूपमा आश्रमसम्म पुर्याइएको हो।
लामो समयदेखि असहाय अवस्थामा रहेका वृद्धलाई उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको यस कार्यलाई मानवीय सेवाको सराहनीय उदाहरणका रूपमा हेरिएको छ। मानव सेवा आश्रममा उनले उचित हेरचाह, संरक्षण र आवश्यक सहयोग पाउने अपेक्षा गरिएको छ।







