ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरामा आज एकैदिन १० हजार ६१६ जना भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ। दर्शनको मुख्य सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन पाथीभरा पुग्ने गरेका छन्।

पाथीभरा माताको दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेसँगै फुङ्लिङ बजार र पाथीभरा जाने सडक क्षेत्रमा समेत यात्रुको आवागमन बढेको छ।

एकैदिन १० हजारभन्दा बढी भक्तजनको आगमनले पाथीभरा क्षेत्रको धार्मिक गतिविधि र चहलपहललाई थप उत्साहजनक बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!