ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फुङलिङ नगरपालिकाको प्रथम अधिवेशनले फुङलिङ नगरपालिका–३ निवासी युवराज बरालको सभापतित्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ। बराल वडा नं. ३ का निवर्तमान वडाध्यक्ष समेत हुन्।

ज्येष्ठ १५ गते सम्पन्न अधिवेशनले उपसभापतिमा कुमार लेछर्वो (वडा नं. १०), सचिवमा मानबहादुर गुरुङ (वडा नं. ६) तथा सहसचिवमा सौरभ इजम (वडा नं. ११) लाई चयन गरेको छ। रास्वपाको विधानअनुसार कोषाध्यक्ष भने सदस्यहरूबाट पछि चयन गरिने व्यवस्था रहेको छ।

समितिका सदस्यहरूमा प्रेम घिमिरे (वडा नं. २), कुमारी दाहाल (वडा नं. १०), कल्पना बिक (वडा नं. ५), यमकान्त पुरी (वडा नं. ३), मिङमा शेर्पा (वडा नं. ६), महेश भट्टराई (वडा नं. ६) तथा बलबहादुर श्रेष्ठ (वडा नं. ६) रहेका छन्।

रास्वपाको विधानअनुसार नगर सभापतिले दुई महिला अनिवार्य समावेश हुने गरी थप चार सदस्य मनोनयन गर्न सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!