ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार उनले निर्वाचन अभियानका क्रममा कुल २४ लाख ९३ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

खर्च विवरणमा मनोनयन दर्ता, मतदाता नामावलीको फोटो प्रतिलिपि, वडा स्तरीय अन्तरक्रिया कार्यक्रम, वृहत प्रतिनिधि परिचालन, प्रचार–प्रसार सामग्री, मञ्च व्यवस्थापन, यातायात खर्च, कार्यालय व्यवस्थापन तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार लगायतका शीर्षकमा खर्च गरिएको देखिएको छ।

विवरण अनुसार वडा स्तरीय कार्यक्रमका लागि सबैभन्दा बढी १२ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ भने प्रचार–प्रसार सामग्री, ध्वनि तथा पर्चा पम्पलेट छपाइमा १ लाख ३५ हजार रुपैयाँ खर्च गरिएको छ।

उक्त खर्च विवरण निर्वाचन आयोगको आचारसंहिता अनुसार जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा पेश गरिएको जनाइएको छ।
तुम्याहाङ निर्वाचनमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेसङ पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!