ताप्लेजुङ । ताप्लेजुङका अत्यन्त दुर्गम र उच्च हिमाली बस्तीहरूमा निर्वाचन सञ्चालनका लागि राज्य संयन्त्रले विशेष तयारी गरेको छ। समुद्र सतहदेखि करिब ३,००० देखि ४,२०० मिटर उचाइमा रहेका याङ्मा, ओलाङचुङगोला, घुन्सा र ग्याब्ला मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षा टोली अग्रिम रूपमा पठाइएको हो।

भौगोलिक कठिनाइ, सम्भावित हिमपात तथा यात्रा जोखिमलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि नै निर्वाचन सामग्रीसहित टोली पठाइएको प्रशासनले जनाएको छ। यस कदमले अन्तिम समयमा हुन सक्ने ढिलाइ र मौसमजन्य अवरोधलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

जिल्ला निर्वाचन समन्वय समितिले सबै मतदान अधिकृतहरू निर्धारित समयभित्र केन्द्रमा पुग्ने र १८ गते स्थानीय उपस्थितिमा आवश्यक बैठक तथा सूचना प्रकाशन गर्ने तयारी गरिएको जनाएको छ।

सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा टोलीलाई बिदाइ गर्दै निर्वाचनलाई निष्पक्ष, शान्त र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्देशन दिइएको छ। यसलाई प्रशासनले उच्च हिमाली क्षेत्रमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने पूर्वतयारीको उदाहरणका रूपमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!