ताप्लेजुङ । ताप्लेजुङमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ।
यो निर्णय फागुन १२ गते बसेको उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले गरेको सिफारिसका आधारमा लागू गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले सूचनाविपरीत मादक पदार्थ ओसारपसार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

निर्वाचन नजिकिँदै गर्दा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रतिबन्ध कार्यान्वयनको प्रभावकारिता कस्तो रहन्छ भन्नेमा स्थानीयबासीको ध्यान केन्द्रित भएको छ।

-तरुण भारती

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!