ताप्लेजुङ ।मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति र प्रदेश नं. १ पुनःनामाकरण संयुक्त संघर्ष समितिले मुक्कुम्लुङ संरक्षण, केबलकार खारेजी तथा प्रदेश नं. १ को ‘कोशी’ नाम खारेजीको मागमा प्रतिबद्धता नजनाउने राजनीतिक दल र उम्मेदवारलाई आगामी निर्वाचनमा मत नदिन आह्वान गरेका छन्।

समितिहरूद्वारा जारी प्रेस विज्ञप्तिमा मुक्कुम्लुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा लामो समयदेखि आन्दोलन जारी रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा राज्य पक्षबाट दमन, धरपकड, मुद्दा दर्ता, जेल तथा पक्राउ पुर्जी जारी गरिएको आरोपसमेत लगाइएको छ।

विज्ञप्तिमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र कुशासनविरुद्ध जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार जनप्रतिनिधिहरूले जनभावनाको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। समितिहरूले आफ्ना तीन मुख्य एजेन्डा—‘Save Mukkumlung’ (मुक्कुम्लुङ संरक्षण/बचाउ), ‘No Cable Car’ (मुक्कुम्लुङमा केबलकार खारेजी) र ‘No Koshi’ (प्रदेश नं. १ मा ‘कोशी’ नाम खारेजी)—मा स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र समर्थन गर्ने जनाएका छन्।

समितिहरूले विज्ञप्तिमार्फत मतदातालाई पार्टीभन्दा माथि उठेर आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारको धारणा र प्रतिबद्धता मूल्यांकन गरी मतदान गर्न आग्रह गरेका छन्।

-तरुण भारती

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!