
२४ फागुन, ताप्लेजुङ । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका आगलागी पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
सोमबार बिहान आगलागी क्षेत्रमा पुगेर नगद तीस हजार सहित १२ हजार बराबरको स्टेसनरीका सामाग्री हस्तान्तरण गरिएको प्याब्सन जिल्ला अध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो । नगद सहितको उक्त राहत सामाग्री मेरिङ्देन गाउँपालिका मार्फत बितरण हुने गरि गाउँपालिका अध्यक्ष गणेश चोङ्बाङ्लाई हस्तान्तरण गरिएको बताईको छ ।
यसैबीच जिल्ला प्याब्सन अन्तरगत रहेका बोर्डिङ स्कुलमा आगलागीबाट बिस्थापित परिवारका बालबालिकाले अध्ययन गर्न चाहेमा उनिहरुलाई लाग्ने अध्ययन शुल्कमा विशेष छुट गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
बिगतदेखी नै अध्ययनरत रहेका आगलागी प्रभावित बिद्यार्थीलाई भने अब लाग्ने शुल्क छुट गराउने तयारी भइरहेको जनाईएको छ । गएको मङलबार भएको आगलागी बाट ५० घर जलेर नस्ट भएका थिए भने ६३ परिवार बिस्थापित बनेका थिए ।