
फागुण २३ काठमाण्डौं । पुष ५ गते विघटित प्रतिनिधि सभाको बैठक सर्वोच्चले पुनस्थापना गरिदिए पछि पहिलो बैठक आज बसेको छ । तर आज पहिलो दिन नै नेकपाकै प्रचण्ड माधव पक्षले संसद बैठक बहिष्कार गरेको छ भने काँग्रेस र जसपाले नाराबाजी गरेका छन् ।
प्रचण्ड माधव पक्षले संसदको कार्यसुचीमा अध्यादेश राखिएको भन्दै बहिष्कार गरेका हुन् ।
सभामुख अग्नी सापकोटाले बैठकमा बस्न आग्रह गर्दा गर्दै पनि भीम रावलले संवोधन गरे पछि प्रचण्ड माधव पक्ष बाहिरिएको थियो ।
त्यस पछि संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको बिरोध गर्दै काँग्रेसका सांसदले उठेर नाराबाजी गर्न थाले । त्यसैमा जसपा पनि सामेल भयो ।