काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै संसद्मा ठोस तयारीसाथ क्षमता प्रस्तुत गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जनताका आवाजलाई संसद्मा मुखरित गर्न सांसदहरू प्रतिस्पर्धी र अब्बल हुनुपर्नेमा जोड दिनुभएको संसदीय दलले जनाएको छ । उहाँले राजनीतिक खिचातानीका कारण सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीको ध्यान पुग्न नसकेको चर्चा गर्नुहुँदै भन्नुभयो, “सांसदहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् हो । त्यसका लागि ठोस तयारी गर्नुस् ।

संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीले सङ्क्षिप्त कुरा राख्नुभयो । उहाँले सांसद सङ्ख्याको चिन्ता नलिन आग्रह गर्नुहुँदै चोइटिएकाहरूको नियत पटाक्षेप हुँदै जाँदा क्रमशः सांसद सङ्ख्या १३० सम्म पुग्ने बताउनुभयो ।” मुख्य सचेतक भट्टराईका अनुसार दलको बैठकमा राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ८७ सांसद गरी १११ जनाको उपस्थिति थियो ।

दलको जानकारीमै सांसद बिन्दा पाण्डे, शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा र शान्ति पाख्रिन कामविशेषले बाहिर रहनुभएकाले जम्मा ११५ सांसद आफ्नो पक्षमा रहेको मुख्य सचेतक भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उत्साहजनक रूपमा दलको बैठक सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय