फागुण २० काठमाण्डौं । ७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भोली सार्वजनिक हुने भएका छन् ।
सरकारले ७५ साल फागुण २८ मा प्रतिवन्ध गरेपछि उनी सार्वजनिक भएका थिएनन् ।
सरकारसगँ वार्ताका क्रममा भएको तीन बुदे सहमति सँगै भोली उनले बिशेष कार्यक्रममा राष्ट्रिय सभागृहमा उपस्थिति जनाउनेछन् ।
सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संवोधन गर्नेछन् ।
सरकार र नेकपाबीच प्रतिवन्ध फुकुवा गर्ने, पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने,बन्दी रिहाई गर्ने एवं मुद्धा फिर्ता लिने जस्ता बिषयमा सहमति भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय