
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा अन्तरपालिका स्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिता आगामी चैत्र १३ गतेदेखि सुरु हुने भएको छ ।
फुङलिङ नगरपालिकाद्वारा आयोजित भलिबल प्रतियोगिता यस वर्ष फागु पुर्णिमाको अवसर पारेर फुङलिङमा आगामी चैत्र १३ देखि १५ गतेसम्म सञ्चालन हुने खेल संयोजक पदम पालुङवाले बताउनुभयो । खेलमा ताप्लेजुङको ९ वटै स्थानीय तहको सहभागीता रहने समेत उहाँले जानकारी दिनुभयो । खेल भिमकाली गुल्मको खेलमैदानमा खेलाईने भएको छ ।
खेलको विजेता र उपविजेताले क्रमश नगद २ लाख २१ हजार १ सय र १ लाख ११ हजार १ सय सहित कप प्राप्त गर्ने भएका छन् । त्यस्तै तृतिय टिम र सान्त्वना दुवैलाई नगद ३३ हजार सहित कपको समेत व्यवस्था गरिएको संयोजक पालुङवाले जानकारी दिनुभयो । खेलमा सहभागीता जनाउने टीमलाई एक तर्फी भाडा उपलब्ध गराईने आयोजकले जनाएको छ ।