
कविता
शीर्षक: हरियो रङ्गले पोतिएको रातो किताब
एक विष्मिर्ती झै लाग्ने
एक झोक्का उमेर कालखण्ड
मार्क्सबादी लाफा ज्वारभाटा
रातो किताबका अक्षरहरु भरि
रातै फेटा बाधेर
हुङ्कार छेड्ने एक योद्धा
आज !
हरियो बास माथि परी लम्पसार
रातो किताबलाई हरियो रङ्गले पोतेर
फलाकी रहेछ समाजबाद !
ओ कमरेड !
कि महासय भनु !
कि महाराज भनु !
कसरी ??
रातो किताबका रक्तिम अक्षरहरु
राता राता झण्डाहरु
उन्मुक्तिका लागि उम्लिएका
राता रक्तकुण्डहरु
कुन बजारीकरणको नियम लागू भो
र !
सबै हरिया भए
सबै बिकाउ माल भए
मुक्तिका लागि उत्सर्जित
छिर्का हान्दै छुटेका राता रगत
मालदार हरिया कसरी भए !
र त !
भूत जागे झै लाग्छ
सेहे उठे झै लाग्छ
वर्तमान बेस्सरी कुल्चिएर
रातो किताबलाई हरियो रङ्गले पोतेर
अनौठो एक श्रीपेज बिहिन महाराजा
आए झै लाग्छ जुरुक्क उठेर ।
खबरदार ! खबरदार!! खबरदार !!!
यहाँ सबै सुतेका छैन ।
सन्दर्भ : २०७९।०९।२६ र २७ ( सरकार गठनमा प्रतिपक्ष बिहिनता र मृत एकता दिवस व्यूतिएको दिन ) यो दुबै घटना त्यसै भएका होइन केही तथ्य र सत्य लुकेको छ ।
अम्बिका हाङबाङ
ताप्लेजुङ