नेपालको राउटे समुदाय जो अहिले पनि जंगलमा बसोबास गर्छ। पुर्खाले जंगलमा जीवनयापन गरेको भन्दै पराम्पराको निरन्तरतास्वरूप राउटेहरू जंगलमै बस्दै आएका छन्।फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला जनसंख्याको आधाजस्तो संख्यामा छन्। उमेर पुगेका र विवाह भएका राउटे महिलाले बर्सेनि ग,र्भवती हुन्छन्। तर बच्चा भने निकै न्यून मात्र बाँ,च्छन्।

विशेषगरी मध्य तथा सुदूरपश्‍चिम क्षेत्रका जंगलमा बस्ने राउटे समुदायमा सानै उमेरमा विवाह हुन्छ। त्यसपछि कम उमेरमै बच्चा जन्माउन सुरु गर्छन्। प्रायः हरेक वर्षजस्तो बच्चा जन्मिन्छन्। तर धेरैजसो अ,कालमै ज्या,न गु,माउँछन्।हरिबहादुर शाहीकी श्रीमती ढुसीकुमारी शाही (३९) २२ पटकसम्म गर्भवती भइसकिन्। तर उनको काखमा अहिले २ वटा मात्रै सन्तान छन्। ९ वर्षको उमेरमै बिहे गरेकी उनले सानै उमेरदेखि बच्चा जन्माउन थालिन्।

राउटे समुदायका पुरुष परिवार नि,योजनका सा,धन प्रयोग गर्दैनन्। गर्भवती भएपछि महिलाहरू सुरक्षित ग,र्भपतनगर्दैनन्। उनीहरुका लागि बच्चा जन्माउनु धर्म हो। त्यसैले सकुञ्जेल बच्चा जन्माइरहन्छन्। बच्चा जन्माउने क्रममै कति महिलाले अ,कालमै ज्या,न गु,माउछन् भने धेरै बच्चाहरू प्रकृतिसँग संघर्ष गर्न नसकेरै म,र्छन्।बच्चा जन्माउन सकुञ्जेल जन्माइरहनु राउटे महिलाहरुको रहर नभइ बाध्यता हो। गर्भवती हुँदा उनीहरुले न कुनै स्याहार पाउँछन् न त पोषिलो खानेकुरा नै। जंगलमा अस्थायी रूपमा बनाइएको छाप्रोमा बस्ने भएकाले तातोको समेत व्यवस्था हुँदैन।

महिलाहरुले सुत्केरीले पाउनुपर्ने कुनै पनि सुविधा नपाएकै कारण कतिपयको बच्चा जन्मिनेबित्तिकै म,र्छन्। ‘गर्भवती हुँदा राउटे महिलाहरू न आइरन चक्की खान्छन्, न त राम्रो स्याहारसुसार नै पाउँछन्’,राउटे उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी भन्छिन्, पोषणयुक्त खानेकुराको व्यवस्था हुँदैन। अौषधिउपचारमा जंगलको परम्परागत जडीबुटीमा विश्वास गर्छन्।’

बा,लविवाह र अ,सुरक्षित सुत्केरी, उचित स्याहारको कमी तथा अत्यधिक चिसोका कारण राउटे महिलाको स्वास्थ्यमा न,कारात्मक अ,सर परेको छ। त्यसैकारण राउटे बस्तीमा जन्मिने बालबालिकाको बाल मृत्यु,दर समेत बढेको हो।सुत्केरी हुन नसकेर २०६६ मा कालु शाहीको मृ,त्यु भयो। यस्तै २०७४ वैशाख ९ गते राउटे महामुखिया मैनबहादुर शाहीकी छोरी २५ वर्षीया डुग्री शाहीको पा,ठेघरको स,मस्या र नि,मोनियाका कारण मृ,त्यु भयो।

दुई सन्तान ईश्वरको वरदान मानिन्छ। बढ्दो जनसंख्या, महङ्गी तथा स्वास्थ्यका कारण थोरै सन्तान जन्माएमा राम्रोसँग लालनपालन गर्न एवं शिक्षादीक्षा दिन सकिन्छ भन्ने मान्यता छ। तर राउटे महिलाहरू आफूले जन्माउन सक्दासम्म बच्चा जन्माइरहन्छन्। त्यसैले जन्माउने र जन्मिनेकाे ज्या,नको टु,गो हुँदैनस्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप सरकारले केही वर्षदेखि स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेको छ। बच्चालाई समेत न्यानो लुगा दिने गरिन्छ।

तर राउटे समुदायका महिलाहरू यी सबै कुराबाट बे,खबर छन्। जंगलमै सुत्केरी हुन्छन्। सुत्केरी भएको केही दिनमै धान कुट्ने जस्ता गह्रुङ्गा काम गर्छन्।राउटे बस्तीमा गत वर्ष कात्तिक–मंसिरमा मात्रै ५ बच्चा जन्मिएका थिए। त्यसमध्ये कोही पनि बाँ,चेनन्। चैतयता ३ वटा बच्चा जन्मिएका छन्। राउटे बस्तीमा १० बच्चा जन्मिदा ४ जति पनि बाँ,च्न स,मस्या हुने गरेको राउटे उत्थान प्रतिस्ठानकी अध्यक्ष अधिकारी बताउँछिन्।

बढीजसो जाडोले क,ठ्याङ्ग्रिएर तथा अ,सुरक्षित तरिकाले सुत्केरी हुने गरेका कारण यस विषयमा राज्यले समेत सचेतना जगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ। ‘ राउटेहरूले हरेक कुरा परम्परागत रूपमा मान्दै आएअनुसार गर्दै आएका छन्’,अधिकारी भन्छिन्, ‘उनीहरूलाई सचेत गराउनुपर्‍यो। सुत्केरी स्याहार कसरी गर्ने, के खान दिने भन्ने कुरा समेत सिकाउन जरुरी छ। यसमा राज्यले कार्यक्रम नै गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय