ज्योतिष शास्त्रमा सपनाको विशेष महत्व हुने गर्दछ। सपनाले हामीलाई आउने भविष्यका बारेमा पहिले नै संकेत दिने गर्दछ। तर ती सपनाको अर्थका बारेमा भने हामीलाई थाहा हुनु पर्दछ। ज्योतिषाचार्य प्रविन द्धिवेदीका अनुसार केही सपना प्रेम र विवाहसँग सम्बन्धी हुने गर्दछ।

यस्तै यस्ता केही सपनाका बारेमा आज हामी तपाई जानकारी दिदैछौँ।

१) यदी कसैले सपनामा आफैले विमान उडाएको देखेको छ भने चाडै उसको विवाह हुने सम्भावना रहन्छ।

२) कसैले सपनामा औँठी वा नेकलेस देख्छ भने त्यस्ता व्यक्तिको प्रेम जीवन सुखमय हुने गर्दछ।

३) कुनै कुमारी कन्याले सपनामा शिल्पकारको देखेमा यिनीहरुलाई मनले चाहेको पति प्राप्त हुने गर्दछ।

४) यदी कुनै विवाहित व्यक्तिले सपनामा आफ्नो विवाह भएको देख्छ भने उनीहरुको लभ लाइभमा समस्या देखिने गर्दछ।

५) सपनामा कुनै युवतीले कुनै साथीले दिएको कंगन लगाएको देख्दा उनीहरुको विवाह चाडै हुने गर्दछ।

६) यदी सपनामा कुनै व्यक्तिले इन्गेजमेन्ट भएको देखेमा उनीहरुलाई मन परेको व्यक्ति मिल्ने गर्दछ।

७) यदी कुनै व्यक्तिले आफूलाई मेलामा देख्छ भने उनीहरुको विवाह मन परेको व्यक्तिसँग हुने गर्दछ।

८) यदी कुनै युवतीले सपनामा सुन्दर चरा देख्छन् भने उनीहरुको विवाह उनीहरुकै प्रेमसँग हुने गर्दछ।

९) सपनामा कुनै व्यक्ति खुसी भएर नाचेको देख्छ भने उनीहरुको विवाह पनि चाडै हुने गर्दछ।

१०) विवाहित स्त्री, पुरुषले यदी सपनामा सम्बन्ध विच्छेद भएको देख्छ भने पारिवारीक जीवन नष्ट हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!