
साउन १ गते । साउनको महिना । दिउँसोको समय । नेपाल पत्रकार महासँघको कार्यालय विरेन्द्रचोकस्थित अफिसमा पुगे । दिल खोलेर बोल्ने मान्छेझै आकाश चाहिँ खुलेको थिएन् । यताउता हेर्दा आधा पाटा घाम र आधा पाटा बादल लागेको थियो । तैपनी गर्मी । कम्प्यूटर अन गरेर विनवर्डमा टाइप गर्न तयार बनेँ । टिपोटका लागि फोन डायल गरे । फोनमै भने,‘हेल्लो † डा.साब बधाई छ ।’ उताबाट जवाफ दियो,‘के को ? विहेको †’ म अकमकिए । म सँगै थिए,निर्माण व्यवसायी उदय आङवुहाङ पनि । विहे त गरेको छैन भन्ने संकेत बुझिहाले । अनि हाँस्दै भने,‘लोकसेवा परिक्षामा उर्तिण हुनुभयो । जिल्लामै पदस्थापन पनि हुनुभयो । धेरै धेरै बधाई छ । सफलताको शुभकामना †’ उताबाट हाद्र्रिकतासहित जवाफ फर्काए,‘सम्झिनुभयो । तपाईलाई नि धन्यबाद †’ यो संवाद म र डा. सुरेन्द्र आङवुहाङ लिम्बु बिचको हो । डा. आङवुहाङ लाहुरमा फेल भए तर डाक्टरमा पास । जनजाती समुदायमा भर्ती अझै पनि प्रतिष्ठाकै विषय छ । त्यही भएर उनले पनि उमेरमा भर्ती जान खूब रहर गरे । पोखरासम्म पुगे । तर सफलता मिलेन । उनले भने,‘लाहुरे हुने मन थियो । तर सोचेजस्तो नहुँदो रहेछ । अन्ततः डाक्टर बनेँ ।’ उनले चाँगेस्थित श्री चाँगे उच्च माविमा कक्षा–८ सम्म अध्यन गरे । त्यसपछि कक्षा–९ र १० पढ्न झापा झरे । श्री वीर अमरसिंह माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरे । आइएस्सी पनि उर्तिण गरे । त्यही समयमा भर्ती भिड्न तयारी थाले । तर भर्ती असफल भएपश्चात पुनः पढाईमै फर्किए । पढ्नका लागि विराटनगर पुगे । ग्रिनल्याण्ड इन्टरनेशनल कलेज विराटनगरबाट प्लस टु उत्र्तिण गरे । त्यसपछि डा. हुने रहर पलायो । अनि पोखरातिर लागे । पोखराको मणिपाल कलेज अफ साईन्ससमा एमविविएस पढ्न भर्ना भए । त्यहाँ छात्रवृत्तिमा पढे । पढाई पुरा गरे । अनि ताप्लेजुङ जिल्ला अस्पतालमा करारमा नियूक्त भए । २ वर्षसम्म करारमा रहेर काम गरे । सैदान्तिक शिक्षा व्यवहारिक रुपमा लागू गर्न पाउँदा धेरै सिक्न पाए । जिल्लाकै भएर होला,धेरैसँग चाँडोगरि परिचित बनेँ । डा. सुरेन्द्र भन्ने वित्तिकै चाँगेको भनेर भन्थे । आफूलाई डाक्टर भनेर बोलाउँदा भन्दा पनि चाँगेको भन्दा खूसी लाग्ने गरेको उनको अनुभव छ । उनले भने,‘आमा बाबु र जन्मभूमि साँच्चिकै प्यारो हुन्छ । त्यति भन्न पाउँदा गर्व लाग्छ ।’ करारको जागिर के भर । नविकरण हुन पनि सक्थ्यो, नहुन पनि । त्यही भएर जिल्ला अस्पतालमै रहदाखेरी लोक सेवाको तयारी गर्न थाले । प्रदेश लोक सेवा आयोगले लिएको लिखित मौखिक परिक्षामा सफलता हाँसिल गरेँ । उनले भने,‘गाडीमा विराटनगरबाट झापातर्फ आउँदै थिए । साथीले फोन गरेर मलाई बधाई दियो । त्यो बेला औधी खूसी भए ।’ उनले आठौ तहमा नाम निकाल्न सफल हुँदाको खूसीको खबर सुरुमा आमालाई फोन गरेर सुनाए । त्यो बेला आमाको मन र मुहारमा देखिएको खूसी साँच्चिकै लोभलाग्दो थियो । अझ खूसीको कुरा थियो,–जिल्ला अस्पतालमै दरबन्दिमा असार २१ गते नियूक्ती । ठाउँ र अफिस उही हो । फरक यति हो,–पहिले करार अहिले स्थायी । डा.आङवुहाङलाई आङवुहाङ समाज धरान सुनसरीले साउन ३१ गते सम्मान गर्यो । वरिष्ठ उपाध्यक्ष उदय आङवुहाङका अनुसार हौसला बढाउन र सेवामा प्रतिबद्ध हुने प्रेरणा मिलोस भनि समाजले सम्मान गरेको हो । निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व आङवुहाङले भने,‘हुने विरुवाको चिल्लो पात भनेझै डा. आङवुहाङ सानैदेखि इमान्दार मेहनती थिए । त्यही भएर आज सफलता प्राप्त गरे । हामी पनि खूसी छौ ।’ डा.आङवुहाङका अनुसार सबैको आ–आफ्नो रहर हुन्छ । लक्ष्य सबैको हुन्छ । तर सोचेजस्तो नहुन सक्छ । यद्यपी हार चाहिँ मान्नु हँुदैन् । कोसिस गर्नुपर्छ । कोसिस गर्नु भनेको हार्नु होइन । डा. आङवुहाङले भने,‘भर्तीमा फेल हुँदा हार मानिन् । बरु जसरी पनि डाक्टर बन्छु भनेर आत्मविश्वास बढाए । प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यबाद †’ डा आङवुहाङको अवको उदेश्य एमडी गर्नु हो । त्यही भएर काम र पढाईलाई निरन्तरता दिन प्रतिबद्ध छन्, डा. आङवुहाङ ।