१९ मङ्सिर, ताप्लेजुङ । सुन्दर नगरी ताप्लेजुङ फुङ्लिङको भुमिमा छायांकन गरिएको “छेउ घरे कान्छी” गीतको म्युजिक भिडियो यूट्युब मार्फत सार्बजनिक भएको छ। गायक हेमन्त गुरुङको स्वर रहेको गीतलाई गुरुङ आफैंले लेख्नु भएको छ भने संगीत समेत आफैंले दिनु भएको हो।
“बालापनको उमेरमा नै छेउ घरे कान्छीसङ माया बसेपछि ” भौतारिदै खोज्दै हिँडेकाे गीत को भाब लाई भिडियो मार्फत देखाउन खोजिएको छ।
ताप्लेजुङको प्रतिभाहरु लाई अवसर दिएर तयार पारिएको म्युजिक भिडियोमा बाल कलाकार मिक्साङ गुरुङ र अङ्कित सिङ्घकको साथमा कलाकारहरु एलिसा ताप्मादेन, हेमन्त गुरुङ, सरला ओनेम र सागर गुरुङको उत्कृष्ट अभिनय रहेको छ।
सुबास लिम्बुले छायांकन गरेकाे भिडियो लाई पवन राइले निर्देशन गरेका छन्। गीतलाई सार्वजनिक गर्नमा गायक गुरुङको पनि महत्त्वपूर्ण भुमिका रहेको छ। गीतबाट ताप्लेजुङको स्थानीय भुमीलाई पर्यटनको बिकासका साथ नेपाली गीत संगीतको जगेर्ना गर्ने चेष्टा गर्ने विश्वास गरिएकाे छ।
म्युजिक भिडियो :







