कैँयौ चोटि हामीले देख्ने गरेका छौ कि विवाह पछि महिला आफ्नो पतिलाई काबुमा राख्दछन् । र यस्तो कसै कसैको मा हुन्छ पनि महिलाहरु यस्तो आफ्नो मर्जिले गरेका हुँदैनन् उनीहरुको राशिको विशेषताको कारणले आफ्नो काबुमा राख्ने गर्दछन् । काबुमा भन्ने बित्तिकै यो भन्न मिल्दैन कि गुलाम बनाउँछन् ।
नियन्त्रणमा राखेर कुनै गलत बाटोमा जान नदिनु गलत काम होइन । यस्तै यी राशिका महिलाका पति पनि अत्यन्तै समझदार हुन्छन् आफ्नी पत्नीलाई कसरी खुशी राख्न सकिन्छ यिनीहरुलाई राम्रोसँग आउँछ । यिनीहरुले आफ्नी पत्नीलाई बेहद माया गर्दछन् । भने यी राशिका महिलाले पनि आफ्नो पतिलाई कसरी काममा लगाउन सकिन्छ भन्ने कुरामा माहीर हुन्छन् ।
राशिअनुसार आउनुहोस् जानौँ आफ्नो पतिलाई काबुमा राख्ने महिलाको राशि कुन कुन हुन् त ?
मेष राशि
मेष राशि भएका महिलाले सपना देखेका हुन्छन् कि यस्तो व्यक्तिसँग विवाह होस् जो द्धृढ संकल्पको साथै सबै कुरामा जान्ने सुन्ने होस् भन्ने चाहाना राखेका हुन्छन् यदि यसको विपरीत यिनीहरुको विवाह यस्ता विशेषता भएका पुरुषसँग नभएमा सँधै आफ्नो पार्टनरलाई नियन्त्रणमा राख्न मनपराउँछन् ।
वृश्चिक राशि
यि राशि भएका महिलाको दिमागमा धेरै कुराहरु खेल्ने गर्छ त्यसैले यिनलाई रहस्मयी पनि भन्न सकिन्छ । यति मात्रै होइन यी राशिका महिलाले आफ्नो अगाडिको मानिसको दिमागमा के चलिरहेको छ भन्ने कुरा पनि सजिलैसँग पत्ता लगाउछन् । यी राशिका महिला सुन्दर हुन्छन् तर कसैले गल्ती गरेमा छिट्टै माफ दिदैनन् । आफ्नो राशिको यी गुणले गर्दा यी राशिका व्यक्तिै सँधै अरुमाथि हावी हुन्छन् ।
सिंह राशि
यी राशिका महिला शान्ति र गम्भीरता स्वभावका हुन्छन् । यी राशि भएका महिलाको विश्वास पाउन काफी मुश्किल हुन्छ । पतिलाई आफ्नो काम गराउनमा यिनीहरु काफी तेज भएका हुन्छन् । साथै नेतृत्व गर्ने क्षमता यिनीहरुमा भरपुर मात्रामा हुने गर्दछ ।
मकर राशि
मकर राशि भएका महिला हान्ति र साहसी, देख्नमा अति सुन्दर हुन्छन् । जस्तो कठिन समस्यामा परे पनि हाँसी हाँसी त्यस समस्यालाई समाधान गर्ने खुबि यी राशि भएका महिलामा हुने गर्दछ । यी राशि भएका महिलाको विशेषता यो हो कि यिनीहरु आत्मविश्वासी र साहसी भएका हुन्छन् । यिनीहरु कसैको अगाडि झुक्न चाहादैनन् । आफ्नो यीनै गुणको कारणले गर्दा यी राशिका महिलाले आफ्नो पतिलाई मनाउन सक्छन् काबुमा राख्न सक्छन् ।







