ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेगाहर्जका स्टेशन म्यानेजर तथा पत्रकार कृष्ण फुरुम्बो (लिम्बु) आम सञ्चार क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मानित हुनुभएको छ।
मंगलबार आयोजित जिल्ला समन्वय समिति ताप्लेजुङको ९औँ जिल्ला सभाका अवसरमा उहाँलाई सम्मान गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा तथा प्रतिनिधिसभा सदस्य छितिज थेबेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गर्नुभएको थियो।

फुरुम्बो ताप्लेजुङ जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेगाहर्जका स्टेशन म्यानेजर हुनुका साथै नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाका सचिव र हिमालय टेलिभिजनका ताप्लेजुङ संवाददाता समेत हुनुहुन्छ। लामो समयदेखि उहाँले निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामार्फत जिल्लाको सूचना तथा सञ्चार क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

जिल्ला सभाकै अवसरमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सेवा, सञ्चारलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!