तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन्। जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन् ।

ति मध्ये केही टिप्सहरु यस प्रकार छन्;

१. उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु । यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन् कि कोही आफुलाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस ।

२. एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला ।

३. आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुन तरिका उसलाई मन परोस । यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन् भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ ।

४. डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन ।

५. तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस ।

६. केटाहरुको लागी कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाईलाई सकेसम्म अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन् कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस ।

७. केटीहरुको लागी केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्ने काम गर्नुस ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ ।

८. उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस ।

९. सकेसम्म उसको नजिक रहने प्रयास गर्नुस र केही समयको लागी उ बाट टाढा जानुस । यसो गर्दा उसलाई लागोस कि तपाईसँग बिताएको क्षण निकै नै स्पेशल थियो । याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँबाट तपाईको अनुपस्थितीबाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!