काठमाण्डौः विवाह नभएका तर प्रेमी प्रेमिका भएकाले यो लेखमा पती पत्नी भएको ठाउँमा प्रेमी प्रेमिका सम्झनु होला ।
पती-पत्नी, जसलाई एकअर्काको भर चाहिन्छ, विश्वास चाहिन्छ, प्रेम चाहिन्छ । दम्पतीले आपसमा दुख र सुख साझेदार गर्नुपर्छ । एउटालाई संकट पर्दा अर्कोले काँध थाप्नुपर्छ, एउटाको खुसीमा अर्को रमाउनु पर्छ । यही व्यवहार र विशेषताले दाम्पत्य जीवन दीगो र प्रेममय बनाउँछ ।
पती-पत्नी भनेका जीवनभरका साथी हुन्, जसले मृत्युपर्यान्त एउटै विछ्यौना साझेदार गर्छन् । यद्यपी कहिले कहि पार्टनरको व्यवहारले दाम्पत्य सम्बन्ध खल्लो बनाइदिन्छ । खासगरी पार्टनरसँगको प्रेम, विश्वासमा जब संकट पैदा हुन्छ, दाम्पत्य जीवन धरापमा पर्छ ।
अतः पार्टनरले आफुप्रति गर्ने कतिपय व्यवहारबाट थाहा पाउन सकिन्छ कि, आफु गलत वा सहि सम्बन्धमा छु भन्ने कुरा ।
१. एकतर्फी प्रेम :
आपसी सम्बन्ध बलियो र सुमधुर बनाउनका लागि दुबै पार्टनरले बराबर मिहेनत गर्नुपर्छ । कसरी आफ्नो सम्बन्ध दीगो हुन्छ भन्ने कुरामा दुबैले खास भूमिका खेल्नुपर्छ । यद्यपी, आपसी सम्बन्ध टिकाउनका लागि केवल एक जनाले मात्र प्रयास गरिरहेका छन् भने सम्झनुहोस्, तपाईहरुको सम्बन्ध कमजोर हुँदैछ । अर्थात यस्तो सम्बन्ध जहिले पनि टुट्न सक्छ । यसैल एकतर्फी प्रेममात्रै छ भने त्यो सम्बन्ध असहज छ भन्ने बिर्सिनु हुदैन ।
२. इगोको समस्या :
यदि तपाईहरु पर्फेक्ट पार्टनर हुनुहुन्छ भने तपाईहरुको बीचमा इगो आउँदैन । एक अर्कालाई राम्ररी बुझ्नुहुन्छ । एकअर्कालाई सधै खुसी र सुखी राख्ने प्रयास गर्नुहुन्छ । तर, पार्टनरमा इगो समस्या छ भने तपाईहरुको सम्बन्ध उति बलियो नहुन सक्छ । यस्तो सम्बन्धमा दिगोपना र विश्वासको अभाव हुन्छ । जोडी हुनु भनेको एक अर्काका लागि सम्पुर्ण जीवन सुम्पिनु हुन्छ यस्तोमा इगोको ठाउँ भयो भने सम्बन्ध नै बिग्रिन सक्छ ।
३. भावनात्मक रुपले सामेल नहुनु :
कति कुरामा पती पत्नीको भावना वा इच्छा मिल्दैन । यो स्वभाविक पनि हो । यद्यपी हरेक कुरामा दम्पतीबीच मतान्तर हुन्छ भने त्यसले राम्रो संकेत गर्दैन । पार्टनरको इच्छा, चाहाना, भावनासँग कुनै रुपले तालमेल मिल्दैन भने तपाईहरुको सम्बन्ध कमजोर छ । यस्तो सम्बन्धमा कुनैपनि बेला फाटो आउन सक्छ ।

४. सेन्स अफ ह्युमर नहुनु :
एकसाथ खाने, बस्ने भएपछि एक अर्काको भावना, सोंच पनि बुझिन्छ । त्यसैले आफ्ना पार्टनरसँग त्यही व्यवहार गर्नुपर्छ, जसले सम्बन्धमा कुनै किसिमको संकट पैदा नगरोस् । यद्यपी, पार्टनरको इच्छा, भावना विपरितको व्यवहार, बोली आदिले सम्बन्धलाई धरापमा पार्छ । यसैले सेन्स अफ ह्युमर छ कि छैन भन्ने पनि हेक्का राख्न पर्छ ।
५. छल-कपट :
पती-पत्नीको सम्बन्ध आपसी विश्वासमा टिकेको हुन्छ । यद्यपी पार्टनरलाई धोका दिने, छल्ने मनासयले कुनै काम गरिन्छ भने त्यसले तपाईहरुको सम्बन्ध फिका बनाइदिन्छ । पार्टनरसँग आफ्नो कुरा लुकाउने, झुटो बोल्ने जस्ता प्रवृत्तिले दाम्पत्य जीवनलाई संकटमा पार्छ । यो कुरा सँधै याद राख्नु पर्छ ।
६. कुराकानी नगर्ने :
स्वस्थ्य सम्बन्धको विशेषता नै हो, आपसमा खुलेर कुराकानी गर्ने । पार्टनरसँग नजिकिन, कुराकानी गर्न रुची लाग्नुपर्छ । पती पत्नीले एकअर्कासँग आफुनो कुरा साझेदार गर्नुपर्छ । यद्यपी तपाईहरुबीच कुराकानी हुँदैन, वा कुराकानी गर्ने रुची हुँदैन भने यो सम्बन्ध दीगो नहुन सक्छ । यो अस्वभाविक कुरा हो । यसलाई नजरअन्दाज गर्नु हुदैन ।
७. हामी होइन, म भन्ने :
यो उत्तिकै महत्वपुर्ण स्वभाव हो । यदि जोडीमा भएका कसैले दुइजनाका लागि हामी भन्ने शब्द प्रयोग नगरी केवल म मात्रै भनिरहन्छ भने सम्झनु पर्छ सम्बन्धमा प्रगाढता छैन । जस्तो कि मेरो सम्पति, मेरो कोठा, मेरो भान्छा आदि आदि । दुइजनाका लागि भएका कुराहरु पनि मेरो मेरो भन्नु पक्कै पनि सामान्य अवस्था होइन । प्रेममा भएका जोडीले एकअर्कालाई सबै कुरा समपर्ण गर्ने गर्छन् ।एजेन्सी सहयोग









